२०७२-०५-२३ बुधबार : उपत्यकाबाट छुट्ने लामो दूरीका यात्रुवाहक बसहरू बुधबार सर्लाही जिल्लाको लालबन्दी नगरपालिकामा रोकेर राखीका छन् । उपत्यकाबाट जोखिम मोलेर तराईका विविन्न गन्तब्यामा जान लागेका बसमध्ये २५ प्रतिशतभन्दा बढीको सिसा र झ्याल फुटेका छन् ।
बुधबार दिउँसो २ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि भारदह क्षेत्रमा कर्फ्यू र पूर्व-पश्चिम राजमार्गमा राति ९ बजेदेखि निषेधाज्ञा जारी गरिएकोले गर्दा उक्त लामो दूरीका यात्रुवाहक बसहरूलाई तराईका विविन्न सुरक्षित स्थानमा रोकेर राखेको छ ।
स्कर्टिङका बाबजुद आन्दोलनकारीले राति–राति लुकेर चालकलाई लक्षित गरी बसको अघिल्लो भागमा ढुंगा हान्ने गरेका छन्। आक्रमणबाट बच्न कतिपय चालकले हेल्मेट लगाउने गरेको बताए ।
No comments:
Post a Comment