Saturday, September 19, 2015

त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयको अत्यन्त जरुरी सूचना

त्रिभुवन विश्वविद्यालय, परिक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा २०७२ साल असोज ०३ गते देखि सञ्चालन हुने ३ वर्षे र ४ वर्षे स्नातक तह प्रथम वर्षको मानविकी, व्यवस्थापन, विज्ञान, शिक्षा र कानून तर्फ सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका मात्र परीक्षा केन्द्रहरुमा संचालन हुने परीक्षा विषेश कारणवश अर्को सूचना नभए सम्मका लागि त्रिभुवन विश्वविद्यालय केन्द्रिय परीक्षा समितिको निर्णय अनुसार स्थगित गरिएको छ । बाकी अन्य जिल्लाका परीक्षा केन्द्रहरुमा पूर्व प्रकाशित कार्यक्रमानुसार नै परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


Friday, September 18, 2015

उद्योग वाणिज्य संघ लालवन्दीको अत्यन्त जरुरी सूचना ।

२०७२-०६-०२ : नेपालको ऐतिहासिक परिवर्तन र वलिदानीवाट २०७२ साल असोज ३ गते नेपालको संविधान २०७२ जारी हुदै गरेको परिपे्रक्ष्यमा लालवन्दी उद्योग वाणिज्य संघ परिवार उल्हास प्रकट गर्दै संविधानको स्वागतका लागी तयारी रहेको व्यहोरा सम्पुर्ण उद्योगी, व्यवसायी तथा लालवन्दी वासीहरुलाई जानकारी गराउदछौ ।

     यसै उपलक्ष्यमा संविधान जारी हुने मिति २०७२ असोज ३ गते साँझ सम्पुर्ण उद्योग तथा व्यवसाय स्थलमा दिपावली गरी उल्हास प्रकट गर्नु हुन सम्पुर्ण उद्योगी तथा व्यवसायी मित्रहरुलाई हार्दिक अनुरोध गर्दछौ । सोही उपलक्ष्यमा आयोजना हुने मोटरसाइकल ¥यालीमा तपशील बमोजिम उपस्थीतीका लागी समेत अनुरोध गर्दछौ ।

     नजिकिदै गरेको नेपालीहरुको महान चाड वडा दशै, शुभदिपावली तथा छठ र वकरइदको उपलक्ष्यमा शुभकामना प्रकट गर्दै प्रत्येक महिनाको पहिलो तथा तेश्रो आइतवार हुने उद्योग तथा व्यवसाय बन्दलाई असोज १ गते देखि मंसिर १ गतेसम्मको लागी फुकुवा गरीएको जानकारी गराउँदछौ ।

तपशिल
     मिति  : २०७२ असोज ४ गते
     समय : दिनको १ः०० बजे
     स्थान : उद्योग वाणिज्य संघ लालवन्दीको कार्यालय परिसर
     रुट     : लालवन्दी वाट फुलजोर हुँदै ÷ फुलजोरवाट वागमती वागमती हुदै
                हरीवन बजारमा कोणसभामा परिवर्तन

साभार : उद्योग वाणिज्य संघ लालवन्दी, सर्लाही