Tuesday, July 22, 2014

नेपाली कांग्रेस नगर कमिटी गठन

 नेपाली कांग्रेस नगर कमिटी गठन 
- मनोज बख्रेल    
 नेपाली कांग्रेस लालवन्दी ले मंगलवार महामानव वि.पी. कोइरालाको ३२ औ स्मृति दिवसको अवसर पारी लालवन्दी नगर कमीटी गठन कार्य सम्पन्न गरेको छ । लालवन्दीको जानकी मा.वि.मा सम्पन्न समसामयिक वर्तमान राजनितिमा वि.पी.का. विचार विष्यक छलफलका लागि भएका क्रियाशील भेलाले १९ सदस्सीय नगर कमिटी गठन गरेको छ । नगर कमीटी गठन लागि महासमिति सदस्य अमिरी चौधरीको संयोजकत्वमा रहेको छ सदस्यीय संयोजन कमीटीले श्रावण ४ गते गरेको निर्णयलाई वि.पी. चिन्तन प्रतिष्ठान सर्लाहीमा अध्यक्ष घलश्याम ढुंगेलको अध्यक्षता मा सम्पन्न क्रियाशील भेला ले अनुमोदन गरेको हो । सिद्ध वहादुर कोर्कीको अधयक्षतामा गठीन नगर कमिटीकाो उपसभापती कमल चौधरी, सचिवहरुमा धामराज पोखरेल, नारायण गुर्मछान, कोषाध्यक्षमा रेखा चौधरी तथा सचिव मा लेखमाया श्रेष्ठ लगायत सदस्यहरु रहेका छन । नगर कमिटी गठन संयन्त्रमा महाधिवेशन प्रतिनिधीहरु दिपक अधिकारी, जान्देवी अधिकारी, कुश वहादुर वि.क. र जि.का. समिति सदस्य कुवेर आचार्य र कल्पना पाख्रिन रहनु भभएको थियो । अनुमोदन कार्यक्रममा ने.का. जिल्ला सभापती लक्ष्मण रायको प्रमुख आतिथ्यता रहेको थियो । 

No comments:

Post a Comment