Wednesday, July 23, 2014

छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

६ साउन, सर्लाही । आफ्नै छोरीलाई जबर्जस्ती गरेको आरोपमा सर्लाहीको मधुवनगोठ गाविसका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार साँझ आफ्नै घरको कोठामा १३ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा मधुवनगोठ-२ का ३५ वर्षीय मुकेशकुमार कर्णलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले जानकारी दिए । पीडित बालिकाकी आमा मनोरमा देवीले श्रीमान्विरुद्ध आफ्नै छोरीलाई जबर्जस्ती गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।
आफूलाई कुटपिट गर्दै बाहिर निकालेर पतिले छोरीलाई कोठाभित्रै जर्बजस्ती गरेको मनोरमाले बताइन् । साँझ नजिकै ट्यूसन पढन गइरहेका तीन छोराछोरीमध्ये जेठी छोरीलाई श्रीमान्ले बाटैबाट जबर्जस्ती फर्काएर ल्याए,” मनोरमाले भने-घरमा ल्याएर सिधै कोठाभित्र थुनेर जर्बजस्ती करणी गरे, प्रतिकार गर्दा मलाई पनि कुटपीट गरे, छोरीले बेस्सरी चिच्याएपछि र मैले हारगुहार माग्दा पनि कोही आएनन् ।
मनोरमाका अनुसार मादकपदार्थ सेवन गरेका कर्णले छोरीलाई बलात्कार गरेपछि कसैलाई नभन्न धम्की दिएपनि जेठो छोरा आठ वर्षीय अवनिसले राति ९ बजे स्थानीय प्रहरी चौकीमा पुगेर खवर गरेका थिए । लगतै प्रहरीले पीडक बाबु कर्णलाई नियन्त्रणमा लिएको थियो ।
पीडित बालिकालाई उपचारका लागि सदरमुकाम मलङ्गवातर्फ पठाइएको छ..
Source: Online Khabar

IN ENGLISH

SARLAHI, JUL 23 - Police have arrested a man from Madhubangoth VDC in Sarlahi district on the charge of raping his daughter.
Mukesh Kumar Karna, 35, of Madhubangoth VDC-2 was arrested for allegedly raping his 13-year-old daughter on Tuesday evening, Police Inspector Prithvi Narayan Oli said.
Victim's mother Manorama Devi has lodged a complaint at the police against her husband on the case.
Manorama said that her husband, who came home drunk, raped their daughter after dragging her out from the room.
"He forced our daughter to return from her tuition class and raped her inside the room. He thrashed me when I attempted to retaliate against his action," Manorama shared.
Manorama's eight -year-old son Abanish informed the local police at 9 pm despite Karna threatening the family members.


The girl has been receiving treatment in Malangawa.

No comments:

Post a Comment